अन्तर्राष्ट्रिय

गाजा युद्धमा घाइते ६०० भन्दा बढी इजरायली सेनाको उद्धार

इजरायल डिफेन्स फोर्सले गाजामा आइरन स्वर्ड्स युद्ध शुरु भएदेखि करिब  ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ।

दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ।

आइतबारदेखि  घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ।

सेनाको चिकित्सक सहितको विशेष रणनीतिक उद्धार एकाइहरूले गाजा पट्टीबाट उद्धार गतिविधिहरू जारी राखेका छन्।  

उद्धार कार्यको नेतृत्व वायु सेना सहयोग एकाइका सहायक अधिकारीहरूले गर्ने गरेको बताइएको छ। यो एकाइले स्थल र वायु सेना बीच समन्वयको भूमिका गरिरहेको छ।  रासस

प्रकाशित: २५ मंसिर २०८० ०८:११ सोमबार

इजरायल इजरायल डिफेन्स फोर्स युद्ध ३०० उद्धार उडान