अन्तर्राष्ट्रिय

मर्केलले माक्रोनसँग पेरिसमा वार्ता गर्ने

पेरिस –  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग जर्मनकी चान्सलर एन्जेला मर्केलले शुक्रबार भेटवार्ता गर्ने भएकी छन्। फ्रान्सको राष्ट्रपति कार्यालयले दुई जनाका बीचमा पेरिसमै वार्ता हुने तय भएको बुधबार जनाएको छ।

उनीहरूले युरोपेली संघको पुर्नगठन, संघको भविष्य र भावी प्राथमिकताका बारेमा छलफल गर्नेछन्। आउँदो आइतबार जर्मनीका झण्डै छ सय जना सोसियल डेमोक्रेट्स प्रतिनिधिहरूसँग अन्तरक्रिया हुने कार्यक्रम रहेको छ।

नेतृ मर्केल गत १२ वर्षदेखि राजनीतिक नेतृत्व र शक्तिमा छिन्। उनले जर्मनी र युरोपका लागि नयाँ र ताजा कदम चाल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: ३ माघ २०७४ १६:११ बुधबार

मर्केलले माक्रोनसँग पेरिसमा वार्ता गर्ने