अन्तर्राष्ट्रिय

कारमा आगालागी हुँदा एक बालकसहित आठको मृत्यु

भारतको उत्तर प्रदेश राज्यको बरेलीमा शनिवार राति गुडिरहेको कारमा आगलागी हुँदा एक बालकसहित आठ जनाको मृत्यु भएको छ।

बरेलीको नैनीताल राजमार्गमा दुर्घटना भएको हो।बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो।

विवाह समारोहबाट फर्किरहेको  उक्त कार सेन्ट्रल लक भएका कारण  त्यहाँ बसेका मानिस बाहिर निस्कन  नपाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित: २४ मंसिर २०८० ०४:०६ आइतबार

उत्तर प्रदेश राज्य भारत बरेली गुडिरहेको कार कारमा आगलागी एक बालकसहित आठ जनाको मृत्यु