अन्तर्राष्ट्रिय

तालिवानले लियो बेनजीर भुट्टो हत्याको जिम्मेवारी

इस्लामावाद – पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको जिम्मेवारी आतंकवादी समूह तालिवानले लिएको छ।

भुट्टोले अमेरिकासँग मिलेर ‘मुजाहिद्दिन–ए–इस्लाम’विरुद्ध एक्सन लिने योजना बनाएकाले उनको हत्या गरेको तालिवानका संस्थापक नेता बैतुल्लाह मेहसुदद्वारा लिखित पुस्तकमा दाबी गरिएको छ। भर्खरै प्रकाशित पुस्तकमा उल्लेख भएअनुसार भुट्टो सत्तामा फर्किएपछि अमेरिकासँग मिलेर ‘मुजाहिद्दिन–ए–इस्लाम’विरुद्ध कारवाही गर्ने योजनामा थिइन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन् २००७ मा आत्मघाती बम हमलामा मारिएकी भुट्टोको हत्याको जिम्मेवारी आजसम्म कुनै संगठनले लिएको थिएन्। पाकिस्तानी तालिबानका संस्थापकले लेखेको ‘इंकलाब महसुद दक्षिणी बजिरिस्तानः ब्रिटिस राज्यदेखि अमेरिकी साम्राज्यवादसम्म’ भन्ने पुस्तकमा पहिलोपटक यो हत्याको जिम्मेवारी लिइएको छ।

पुस्तकका अनुसार अमेरिका भुट्टो पुनःसत्तामा आउन भन्ने चाहन्थ्यो भने ‘मुजाहिद्दिन–ए–इस्लाम’विरुद्ध कारवाही थाल्न एक्सन प्लान दिएको थियो।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)की प्रमुख भुट्टोको २७ डिसेम्बर २००७ मा चुनावी सभालाई सम्बोधन गरी फर्किने क्रममा आत्मघाति हमलामा ज्यान गएको थियो।

प्रकाशित: २ माघ २०७४ ११:३७ मंगलबार

तालिवानले लियो बेनजीर भुट्टो हत्याको जिम्मेवारी