अन्तर्राष्ट्रिय

आफ्नै १३ बच्चालाई बन्धक बनाउने अभिभावक पक्राउ

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा आफ्नै बच्चालाई बन्धक बनाउने अभिभावकलाई प्रहरीले पक्राउ गरेको छ।

क्यालिफोर्नियास्थित लस–एन्जल्सदेखि ५९ किलोमिटर दक्षिण पश्चिममा पर्ने पेरिसमा आफ्नै १३ बच्चालाई बन्धक बनाउने आमाबुवालाई नियन्त्रणमा लिई बच्चाहरुको उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बच्चाहरुलाई बेडमा चेनले बाँधेर ताला लगाएर राखिएको थियो। जसमा अधिकांश ससाना बालक थिए। सबैभन्दा सानो दुई वर्षका बालक थिए। यिनीहरु भाईबहिनी हुन्।

बाबु ५७ वर्षीय डेविड एलेन टुर्पिन र आमा ४९ वर्षीया लुईस ऐना टुर्पिनलाई यातना दिएको र बच्चाहरुलाई खतरामा पारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

बच्चाहरुमध्ये एक १७ वर्षीय युवतीले भागेर इमरजेन्सीमा फोन गरेपछि प्रहरी घटनास्थल पुगी बच्चाहरुको उद्दार गरेको थियो। बन्धक बनाइएका बच्चाहरुमा २९ वर्षदेखि २ वर्षसम्मका थिए। उनीहरुलाई खान नपाएर कमजोर अवस्थामा फेला परेका थिए। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ परेका बाबुआमाले बन्धक बनाउनुको कारण नबताएको समाचारमा जनाइएको छ।

प्रकाशित: २ माघ २०७४ १०:२६ मंगलबार

आफ्नै १३ बच्चालाई बन्धक बनाउने अभिभावक पक्राउ