काबुल– अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् ।
गत चौबिस घण्टाको अवधिमा भएका ती सुरक्षा कारबाहीका क्रममा अरु १६ जना आतङ्ककारी घाइते भएका अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।
अफगानी संयुक्त सुरक्षा फौजले मारिएका मध्ये १३ जना इस्लामिक स्टेट(आइएस) लडाकू रहेका जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सुरक्षाकर्मीले हातहतियार र विस्फोटक पदार्थसमेत नष्ट गरिदिएका छन् । (रासस/सिन्ह्वा)
प्रकाशित: २९ पुस २०७४ १०:४१ शनिबार