अन्तर्राष्ट्रिय

दक्षिण भारतमा वर्षाका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो,विमानस्थल बन्द

भारतको दक्षिणी सहर चेन्नईमा भारी वर्षा र आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ। समाचार सस्थाका अनुसार चेन्नई अन्तर्राष्ट्रिय विमानस्थल मंगलवार सम्म बन्द गरिएको थियो भने विमानस्थलमा घुँडासम्म पानीले भरिएको थियो।

विपरीत मौसमको कारण भारतीय समय अनुसार बिहान ९ बजेसम्म एयर फिल्ड आगमन र प्रस्थान सञ्चालनका लागि बन्द गरिएको छ ।चेन्नईमा सामान्य जनजीवन अवरुद्ध भएको छ।स्थानीय सरकारी अधिकारीहरूले गर्भवती महिला र वृद्ध वृद्धा र तल्लो क्षेत्रमा बसोबास गर्नेहरूलाई उद्धार गरेको बताएका छन्।

बाढीपीडितको पुनःस्थापनाका लागि सहरभर अस्थायी टहरा निर्माण गरिएको छ । मिचाउङ आँधीले बंगालको खाडीको छेउछाउको पूर्वी तटमा रहेका भारतका तीन फरक राज्यहरू, तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशका धेरै क्षेत्रहरूमा प्रतिकुल असर पार्ने सम्भावना छ ।

प्रकाशित: २० मंसिर २०८० ०३:३७ बुधबार

दक्षिण भारत विमानस्थल बन्द भारी वर्षा आँधीबेहरी