अन्तर्राष्ट्रिय

पहिरोमा परी १३ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्रमा पर्ने मोन्टेसिटोमा आएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ ।

आकस्मिक् रुपमा भएको भारी  वर्षा पश्चात् बाढी पहिरो आएको हो । बाढी पहिरोमा परेका १६३ जनालाई क्यालिफोर्निया प्रहरीले उद्धार गरेको छ । घाइते २५ को अवस्था गम्भीर रहेको क्यालिफोर्निया प्रहरीलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक सेवा बन्द भएको छ । बाढीका कारण कतिपय सवारी साधन समेत बगाएको छ । भने कतिपय सवारी साधन बाटोमा नै अलपत्र अवस्थामा रहेका छन् ।

प्रकाशित: २६ पुस २०७४ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App