लुसाका- जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण एक महिनामा कम्तीमा पनि ३० जनाको मृत्यु भएको थियो । अहिलेसम्म पनि हैजाको प्रकोप रोकिएको छैन ।
हैजाकाे सङ्क्रमणबाट गत अक्टोबरदेखि अहिलेसम्म ३० जनाको मृत्यु महिनामा भएको स्वास्थ्य अधिकारीले मङ्गलबार बताएका छन् ।
हैजाको सङ्क्रमण भएका सयौँ जना बिरामी अस्पताल भर्ना भएका पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाको संख्या करिब एक हजार पुगेको जनाइएको छ ।
हैजाको प्रकोप अझै फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता बिरामी बढ्नेतर्फ ध्यानाकर्षण पनि गराएको छ ।
उक्त संगठनले हैजाको प्रकोप अझ नबढोस् भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्न र आगामी दिनमा सफा पानीको उपलब्धताको सुनिश्चित गर्न पनि आग्रह गरेको छ । रासस
प्रकाशित: २५ पुस २०७४ ११:१७ मंगलबार