अन्तर्राष्ट्रिय

चीनको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु

उत्तर पूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान सहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय समय अनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो।हेइलङजियाङ लुमे सुशाङ्गेशान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइला खानीमा चट्टान फुटेको कारण भएको थियो।खोजी तथा उद्धार कार्य सम्पन्न भई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १३ मंसिर २०८० ०४:३३ बुधबार

कोइला खानी चीन