अन्तर्राष्ट्रिय

अमेरिकाले पाकिस्तानमा सैन्य सहयोग रोक्ने

 

वासिङटन– अमेरिकाले पाकिस्तानलाई दिदै आएको  सैन्य सहयोग रोक्ने घोषणा गरेको छ ।

आतंकवादको अन्त्य गर्नका लागि भन्दै विगत लामो समयदेखि  अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग प्रदान गर्दै आइरहेको थियो । पाकिस्तानले  अमेरिकाको उक्त लक्ष्य हासिंल गर्न नसकेको भन्दै अमेरिकाले सैन्य सहयोग रोक्ने निर्णय गरेको हो ।

पाकिस्तानले आतंकवादी संगठन हक्कानी नेटवर्क तथा अफगान तालिवानी माथि कार्वाही नगरेको आरोप अमेरिकाको छ । आगामी दिनहरूमा ती संगठनमाथि कार्वाही नगरेसम्म अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग नगर्ने घोषणा गरेको हो ।

अमेरिकाले पछिल्लो १५ वर्षमा पाकिस्तानलाई करिब ३३ अर्ब अमेरिकी डलर भन्दा बढी सहयोग गरेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ । पाकिस्तानले आतंकवादी संगठनहरू माथि कडा कदम अगाडी नबढाउँदा सम्म अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग रोक्ने अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विज्ञप्ती निकाल्दै पाकिस्तानमा रहेको आतंकवादको अन्त्यको लागी अमेरिकाले पाकिस्तानलाई गर्दै आइरहेको आर्थिक सहयोग रोक्का गर्ने निर्णय गरेको बताए  ।

 

 

 

प्रकाशित: २१ पुस २०७४ ०८:५४ शुक्रबार

अमेरिकाले पाकिस्तानमा सैन्य रोक्ने