अन्तर्राष्ट्रिय

गाजा-इजरायल युद्धविरामः हमासले आज १० जना इजरायलीलाई रिहा गर्ने

तस्बिर सौजन्यः एएफपी/रासस

गाजा–इजरायल युद्धविरामको छैटो दिन आज पनि हमास र इजरायलले बन्धकहरूलाई रिहा गर्दैछ। समाचार संस्था सीएनएनका अनुसार हमासले सहमति अनुसार आज इजरायलका १० जना बन्धकलाई रिहा गर्न लागेको हो।

दुबै पक्षबीच जारी युद्धविरामको समयावधि थप गरिएको आज अन्तिम दिन हो। आज पनि सहमति अनुसार हमास र इजरायलले एकअर्काका बन्धकलाई रिहा गर्ने बताइएको छ। तर, इजरायलले कति जना प्यालेस्टिनीलाई रिहा गर्ने छ भन्ने विषयमा खुलाइएको छैन।

यसअघि मङ्गलवार हमासले २ थाइ र १० इजरायली गरी १२ जनालाई रिहा गरेको छ।  

शुक्रवारबाट लागू भएको युद्धविरामको समयावधि सोमवार सकिए पछि थप २ दिनका लागि युद्धविराम लम्ब्याइएको थियो। जसको समयावधि आज सकिँदैछ।

प्रकाशित: १३ मंसिर २०८० ०३:४९ बुधबार

गाजा–इजरायल युद्धविराम युद्धविराम बन्धक रिहा