अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दक्षिणको वार्ता प्रस्ताव स्वीकार

सोल–  दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताका लागि पठाएको पत्रलाई उत्तर कोरियाले स्वीकार गरेको छ । दुई कोरियाबीच आगामी मंगलबार वार्ता हुनेछ। 

दक्षिण कोरियामा सन् २०१८ मा हुने भनिएको हिउँदे ओलम्पिक बारे वार्ता केन्द्रित रहने दुई कोरियाका अधिकारीहरूले जानकारी दिएका छन्।  दक्षिण कोरियामा हुने उक्त ओलम्पिकमा उत्तर कोरियाली खेलाडीहरूको प्रस्तुतीको विषयमा उक्त वार्ता केन्द्रित रहने सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। 

उत्तर कोरियाली नेता किम जोङ्ग उनले आगामी हप्ता वार्ताका लागि उत्तर कोरियाली प्रतिनिधि दक्षिण कोरिया पठाउने सहमति जनाएका हुन्। दुई कोरियाबीचको बैठक सीमावर्ती क्षेत्र पाममुनजोममा हुने बताइएको छ। 

उक्त क्षेत्र ऐतिहासिक रूपमा नै दुई कोरियाबीच शान्ति वार्ता हुने क्षेत्रका रूपमा चिनिन्छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनले उक्त वार्ताले दुई कोरियाबीचको बिग्रिएको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछिन्। 

प्रकाशित: २१ पुस २०७४ ०५:३७ शुक्रबार

उत्तर कोरियाद्वारा दक्षिणको वार्ता प्रस्ताव स्वीकार