अन्तर्राष्ट्रिय

पहिलो चरणको युद्धविरामको अन्तिम दिनः हमासले छाड्यो ११ इजरायली बन्धक

तस्बिर सौजन्यः एपी/रासस

हमास र इजरायलबीच पहिलो चरणको युद्धविरामको अन्तिम दिन इजरायलका थप ११ जना रिहा भएका छन्। पहिलो चरणको युद्धविरामको अन्तिम दिन सोमवार हमासले आफ्नो कब्जामा लिएको ११ जना इजरायलीलाई रिहा गरेको बीबीसीले जनाएको छ। 

रिहा गरिएका ११ जनामध्ये ९ जना बालिबालिका र २ जना महिला रहेका छन्। उनीहरू सबैलाई इजरायलस्थित तेल अभिव स्वरोस्की मेडिकल सेन्टरमा भर्ना गरिएको इजरायली स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, इजरायलले पनि ३३ जना प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ। ३३ जनामध्ये अधिकांश महिला र बालबालिका रहेका छन्। 

प्रकाशित: १२ मंसिर २०८० ०३:०२ मंगलबार

हमास इजरायल पहिलो चरणको युद्धविराम इजरायलका थप ११ जना रिहा