अन्तर्राष्ट्रिय

उत्तर कोरियाभन्दा अमेरिकाको परमाणु बटन शक्तिशाली : ट्रम्प

वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको भन्दा अमेरिकाको परमाणु हतियारको बटन धेरै शक्तिशाली रहेको दाबी गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोन उनले परमाणु हतियारको बटन आफ्नो हातमा रहेको र उक्त बटनलाई जुनसुकै बेला दबाउन सकिने बताएपछि जवाफ स्वरुप ट्रम्पले यस्तो बताएका हुन् । राष्ट्रपति ट्रम्प र किमबीच  केही समय रोकिएको  वाक् युद्ध  पुनःसुरू भएको हो  ।

किमले गत साता परमाणु हतियारको बटन सधै आफ्नो टेबलमा हुने र आवश्यक परेको समयमा उक्त बटन  दबाउन सक्ने बताएका थिए ।

दुई देशका नेताहरूले ट्वीटमा एक अर्काेलाई विभिन्न आरोप लगाउँदै आएका छन् । यसै शिलशिलामा राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीटले बढी चर्चा पाएको छ ।

उनले अमेरिका विश्वको एक मात्रै परमाणु हतियार सम्पन्न मुलुक भएको दाबी गर्दै ट्वीट गरेका थिए । उत्तर कोरियाले जुनसुकै समयमा अमेरिकाको सम्पूर्ण भूभागलाई नष्ट पार्न सक्ने परमाणु हतियार आफुसँग भएको दाबी गर्दै आइरहेको छ  । उत्तर कोरिया परमाणु हतियार सम्पन्न मुलुक भएतापनि उसँग जतिसुकै बेला अमेरिकालाई नष्ट गर्न सक्ने क्षमताको परमाणु हतियार नभएको कतिपय परमाणु विश्लेषकहरूको ठहर छ ।
राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्ति सस्तो र तथ्यहीन भएको भन्दै कतिपय विश्व नेताहरूले ट्रम्पको उक्त भनाइको खण्डन समेत गरेका छन् ।

ट्रम्पका समर्थकहरूले भने उनको भनाई तथ्यपूर्ण भएको दाबी गरेका छन् ।

 

प्रकाशित: १९ पुस २०७४ ०७:०२ बुधबार

उत्तर कोरियाभन्दा अमेरिकाको परमाणु बटन ट्रम्प