अन्तर्राष्ट्रिय

राष्ट्रसंघको आपतकालीन बैठक बाेलाइने

न्यूयोर्क – अमेरिकाले संयुक्त राष्ट्रसंघको आपतकालीन बैठक बाेलाएकाे छ ।

इरानमा भइरहेको  सरकार विरोधी प्रदर्शनबारे छलफलका  लागि अमेरिकाका लागि संयुक्त राष्ट्रसंघीय राजदूत निक्की हेलीले संयुक्त राष्ट्रसंघको आपतकालीन बैठकको आह्वान गरेकी हुन् ।

इरानमा विगत ६ दिन देखि सरकार विरोधी आन्दोलन जारी छ ।आन्दोलनकारीहरू प्रति सरकारको व्यवहारको राजदूत हेलीले विरोध गरेकी छिन् ।

इरान हाल शान्ति सुरक्षा तथा स्वतन्त्रताको परीक्षणको समयमा रहेको राजदूत हेलीको दाबी छ । प्रदर्शनकारीहरूले इरानी तानशाहको विरोधमा आवाज उठाएका हेलीको दाबी थियो ।

सरकार विरोधी प्रदर्शनको छलफलका लागि अमेरिकाले संयुक्त राष्ट्रसंघको आपतकालीन बैठकको आह्वान गरेको हो ।

हेलीले इरानबारे राष्ट्रसंघीय मानव अधिकार परिषद् जेनेभामा पनि छलफल गरिने बताइन् ।
हेलीले सरकार विरोधी आन्दोलनमा रहेका इरानी जनताहरूको साहसको  प्रशंसा गर्दै आफु सदैव साहसी जनताहरूको पक्षमा रहेको बताइन् ।

विदेशी शक्तिको आडमा उक्त प्रदर्शन भएको भन्ने इरान सरकारको आरोप हा‍स्यास्पद भएको राजदूत हेलीको दाबी थियो । इरानमा सरकार विरोधी आन्दोलन भएको आज छैठौ दिन हो ।

प्रकाशित: १९ पुस २०७४ ०५:४४ बुधबार

राष्ट्रसंघको आपतकालीन बैठक बाेलाइने