अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग उच्चस्तरीय वार्ताको आह्वान

सियोल – दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताको आह्वान गरेको छ ।

आगामी जनवरी ९ मा दक्षिण कोरियामा हुन लागेको ओलम्पिक खेलबारे छलफलका लागि दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताको आह्वान गरेको हो ।

उत्तर कोरियाली नेता किम जोन उनले दक्षिण कोरियामा हुन लागेको ओलम्पिक खेलमा उत्तर कोरिया सहभागी हुने बताएपछि दक्षिण कोरियाले उत्तर कोरियाको उक्त निर्णयले दुई देशबीचको तनावपूर्ण सम्बन्ध सुधारमा  सहयोग अाउने बताउँदै आएको छ ।

दक्षिण कोरियाले गरेको  उच्चस्तरीय बैठक बारेको प्रस्तावमा उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

दुई देशबीच सन् २०१५ डिसेम्बरमा भएको उच्चस्तरीय बैठक भएको थियो । उक्त बैठक निश्कर्ष विहीन समाप्त भएको थियो ।  बैठकले दुई देशबीचको कुनै पनि ठोस कुटनीतिक एजेन्डा सार्वजनिक गर्न सकेको थिएन ।

प्रकाशित: १८ पुस २०७४ ०६:४४ मंगलबार

उत्तर कोरियासँग उच्चस्तरीय वार्ताको आह्वान