अन्तर्राष्ट्रिय

ओसामा बिन लादेनका १२ वर्षीय नातिको हत्या

काठमाडौं- चरमपन्थी संगठन अलकायदाले ओसामा बिन लादेनका १२ वर्षीय नातिको हत्या गरिएको जानकारी दिएको छ। तर उनको हत्या कहाँ र कहिले भएकोबारे केही खुलाएको छैन।

ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनद्वारा लेखिएको पत्र भन्दै अलकायदा समर्थित अनलाइन अल वतीकमा सार्वजनिक गरिएको बीबीसीले जनाएको छ।

अलकायदाका उच्च नेता अल वसीक बिल्लाहले ३१ डिसेम्बरमा टेलिग्राम एप मार्फत ओसामा बिन लादेनका नाति मारिएको खबर सम्प्रेषण गरेका थिए।

अल वतीक अनलाइन लामो समयदेखि जिहादी समर्थक हो र अलकायदासम्बन्धी जानकारीका लागि यसलाई विश्वसनीय मानिन्छ ।

 

प्रकाशित: १७ पुस २०७४ १०:५८ सोमबार

ओसामा बिन लादेनका १२ वर्षीय नातिको हत्या