अन्तर्राष्ट्रिय

चार नेता जो २०१७ भर चर्चामा रहे

लन्डन – सन् २०१७ मा अमेरिकाले डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिको रुपमा पायो। किम जोंग उनले नेतृत्व गरिरहेको उत्तर कोरियाले अमेरिकाको हरेक चेतावनीलाई वेवास्ता गर्दै लगातार ब्यालेस्टिक मिसाइलको परीक्षण गरिरह्यो।

एकातर्फ विश्व उत्तर कोरियाली शासक किम जोंग उन र अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की र घटनामा अल्झिरह्यो भने अर्कोतर्फ विश्वको मानचित्रमा चीनका राष्ट्रपति सी जिनपिङ अझै शक्तिशाली बनेर आए।

सन २०१७ मा अरु के के भयो, जसले विश्वको दिशा नै बदल्योः

विरोधका बीच अरबपति ट्रम्प अप्रत्यासित रुपमा अमेरिकाको ४५ औं राष्ट्रपति बनेर ह्वाइट हाउस पुगे। त्यसपछि कैयौ विद्यमान मापदण्डलाई चुनौति दिँदै विवादित निर्णय गरे।

राष्ट्रपति निर्वाचित भएलगत्तै उनीविरुद्ध अमेरिकाका कैयौ शहरमा मानिसहरुले सडकमा उत्रिएर प्रदर्शन गरे। राष्ट्रपति बनेपछि ट्रम्पले उग्र इस्लामिक चरमपन्थीविरुद्ध सभ्य विश्वलाई एकजुट गर्ने र यो धर्तीबाटै आतंकवादलाई अन्त्य गर्ने घोषणा गरे।

राष्ट्रपति बनेको एक वर्षभित्र उनले कैयौ बहुपक्षीय संगठन र सम्झौताबाट बाहिर जाने निर्णय गरे। जलवायु परिवर्तनविरुद्ध वैश्विक लाडईंका बीच उनले यसबाट पनि बाहिरिने निर्णय लिए।

अमेरिकादेखि स्पनेसम्म रुसको हस्तक्षेप

देशकै चर्चित संघीय जाँच एजेन्सीको भुमिकामाथि प्रश्न उठाउँदै ट्रम्पले अमेरिकाको दुश्मन मानिने देशसँग दोस्तीको हात बढाए।

उनीमाथि राष्ट्रपति चुनावभन्दा पहिला उनको समूहले रुसी अधिकारीसँग सम्पर्क गरेको आरोप लगोको थियो। जसको उनले बचाउ गरे। त्यसपछि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरे। अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपबाट राष्ट्रपति पुटिनले अपमानित महसुस गरेको पाएको बताए।

विदेशमन्त्री रेक्स टिलरसनको नियुक्ति पहिले देखिनै विवादमा छ। साथै, ट्रम्पसँग उनको मतभेद रहेको बताइन्छ। हालैमात्र उनले ट्रम्पलाई ‘मन्दबुद्धि’सम्म भनेका थिए।

२०१७ को सुरु नहुँदै अमेरिकी खुफिया एजेन्सीहरुले रुसले अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरिरहेको रिपोर्ट सार्वजनिक गरेका थिए। यसपछि अमेरिकादेखि लिएर स्पेनसम्म यहाँसम्मकी क्याटलोनिया संकटमा पनि रुसको छाया स्पष्ट देखियो। यद्यपी पुटिन आफ्नो कथित‘ट्रोलिंग मशीनरी’माथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन्।

शक्तिशाली बनेर आउँदै चीन

पछिल्लो केही समयदेखि चीन अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिती बढाउन प्रयत्न गरिरहेको छ र महत्वका मुद्दामा आफ्नो मत राखिरहेको छ। हालै चिनियाँ राष्ट्रपति सी जिनपिङले आउने समयमा विश्वमा चीनको उपस्थिती अझै बढ्ने बताएका थिए। ‘चीन एक नयाँ युगमा प्रवेश गरिसकेको छ, जहाँ हामीले विश्वका केन्द्रीय मञ्चमा आफ्नो ठाउँ लिनुपर्छ।’

चीन आफ्नो शक्ति र अन्तर्राष्ट्रिय प्रभावका कारण २०५० सम्म एक ‘वैश्विक लिडर’ बन्ने राष्ट्रपति सीको भनाई छ। यसका लागि चीनले २०१७ देखि नै प्रयास थालेको छ। चीन यस्ता परियोजना लागु गरिरहेको छ, जसले एउटा नयाँ विश्व निर्माण हुनेछ र जसको केन्द्र एसिया हुनेछ।

यसको उदाहरण हुन्– द सिल्क रोड, जो अरबौं डलरको लगानीमा पूर्वलाई पश्चिमसँग जोड्ने एक महत्वाकांक्षी परियोजना हो। त्यस्तै, एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, जो चीनमा रहनेछ। यसले अमेरिका र जापानको विरोधका बीच अन्तर्राष्ट्रिय समर्थन हासिल गरेको छ।

रोकिएन उत्तर कोरियाको मिसाइल परीक्षण

यस्तै, सन २०१७ को संसार हल्लाउने अर्को पक्ष हो उत्तर कोरिया। उत्तर कोरियाले इन्टरकान्टिनेन्टल मिसाइल (अन्तरमहादेशीय क्षेप्यास्त्र–आईसीबीएम) को तेस्रो परीक्षण गर्यो र त्यो कोशेढुंगा भएको बतायो।   

त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार किम जोंग उनले यो परीक्षणबाट सिंगो अमेरिका उत्तर कोरियाको पहुँचभित्र रहेको पुष्टि गरेको बताएका थिए।

यद्यपी सुरक्षा विज्ञहरुले उत्तर कोरियाली दाबीप्रति आशंका व्यक्त गर्दै भविष्यमा प्योङयाङले आफ्नो लक्ष्य हासिल गर्नसक्ने बताएका छन्। ‘२०१७ मा जुन तरिकाले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम अगाडि बढायो, यसबाट उ आफ्नो लक्ष्य हासिल गर्नसक्छ,’ विज्ञहरुले भनेका छन्। सन् २०१८ मा परमाणु हमलाको खतरा बढेर आउने विज्ञहरुको चिन्ता छ।

अमेरिकी तथा संयुक्त राष्ट्रसंघीय प्रतिबन्धका बीच उत्तर कोरियाले यस वर्ष आफ्ना परमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरह्यो।

प्रकाशित: १७ पुस २०७४ १०:१९ सोमबार

नेता जो २०१७ भर चर्चामा रहे