अन्तर्राष्ट्रिय

अमेरिकालाई किम उनको चेतावनी

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाको निशानामा रहेको भन्दै चेतावनी दिएका छन्। 

उनले उत्तर कोरियाले चाहेको समयमा अमेरिकालाई पूर्णरूपमा नष्ट गर्न सक्ने बताए। 

अमेरिकाले उत्तर कोरियामाथि कहिल्यै पनि युद्धको घोषणा गर्न नसक्ने बताउँदै उनले उत्तर कोरियाली परमाणु शक्तिको हिसाबले पहिलो मुलुक रहेको समेत उनले दाबी गरे। 

अन्र्तराष्ट्रिय तथा संयुक्त राष्ट्रसंघीय प्रतिबन्धका बाबजुत पनि उत्तर कोरियाले विभिन्न क्षेप्यास्त्र परीक्षण गरेको थियो । नेता किमले उत्तर कोरिया सधैँ शक्ति सम्पन्न मुलुकका रूपमा स्थापित भइरहने समेत दाबी गरे। 

प्रकाशित: १७ पुस २०७४ ०७:१९ सोमबार

अमेरिकालाई किम उनको चेतावनी