अन्तर्राष्ट्रिय

भारतस्थित अफगानिस्तान दूतावास स्थायी रुपले बन्द

भारतले अफगानिस्तान दूतावास र कूटनीतिक मिशनलाई स्थायी रूपले बन्द गरेको छ। भारतको राजधानी नयाँ दिल्लीमा रहेको अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले शुक्रवार यस विषयमा जानकारी दिएका छन्। उनले दूतावास बन्द गर्ने फैसला तत्काल लागू हुने पनि बताए।

बीबीसीका अनुसार भारत सरकारको तर्फबाट लगातार चुनौती आउन थालेपछि ३० सेप्टेम्बरदेखि दूतावास बन्द गरिएको भन्दै फरिदले भारत सरकारले भिसाको समयावधि नबढाए पछि दूतावास सँधैका लागि बन्द गर्नुपरेको बताए।

अफगानिस्ताको सत्तामा तालिबानले कब्जा गरेपछि भारतले बारम्बार अफगानिस्तानलाई दूतावास बन्द गर्न चेतावनी दिँदै आएको थियो।

प्रकाशित: ८ मंसिर २०८० ०८:२४ शुक्रबार

भारत अफगानिस्तान अफगानिस्तान दूतावास कुटनितीक मिशन स्थायी रूपले बन्द