काठमाडौं – सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए । उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए। त्यस बाहेक उनीसँग जोडिएर उत्तर कोरिया र रुस आइनै रहे भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए। सन् २०१७ लाई विदा गर्दैगर्दा यस वर्षका मुख्य घटनाहरुलाई संक्षिप्त रुपमा स्मरण गर्ने प्रयास गरिएको छ ।
अमेरिकी बन्दुक मोह
कन्सर्ट भइरहेको स्थानमा नजिकको होटलको ३२औँ तल्लाबाट भूईँमा गरेको आक्रमणबाट ५९ जना मारिएका छन् भने ५०० भन्दाबढी घाइते भए । ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकले आफूसँगको अनुमति प्राप्त बन्दुकले लस भेगासमा गरेको नरसंहारको संसारमै चर्चामा रह्यो । त्यसैगरी लास भेगासमा भएको सो नरसंहारपछि त्यसको ठीक पाँच हप्ताअघि अर्थात नोभेम्बर ६ मा गोलीहानी अमेरिकाकै सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्को हत्याकाण्ड भएको थियो। यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको दर्दनाक नरसंहार भनिएको छ।
उत्तर कोरियाको आणविक तनाव
अमेरिका रुस चुनावी विवाद
‘ब्रेक्जिट’ को कसरत जारी
भ्रष्टाचारका कारण राष्ट्रपति र प्रधानमन्त्री अपदस्थ
अदालतको आदेशपछि पार्कलाई प्रहरीले नियन्त्रणमा लिई सोलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखिएको थियो । ६५ वर्षीया पार्कलाई कडा सुरक्षाका साथ कारागारमा राखिएको थियो । पार्कलाई एक अदालतले दोषी ठहर गरेपछि यसैवर्ष पक्राउ गरिएको थियो । तर उनी सर्वोच्च अदालत गएका छन् र हाल त्यस सम्मका लागि धरौटीमा छन् ।
त्यसैगरी चार वर्षअघि तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्दै गर्दा पाकिस्तानलाई ‘एसियाको टाइगर’ बनाउने घोषणा गरेका नवाज सरिफ अहिले आफै भ्रष्टाचारको आरोपमा निकालिएका छन्। आर्थिक रूपमा सबल पारी एसियाकै उत्कृष्ट मुलुक बनाउने योजना पूरागर्न ‘भ्रष्टाचार’ मुख्य बाधक रहेको बताउने सरिफ आफै भ्रष्टाचारको महाअभियोगमा परे। प्रधानमन्त्री पदको सपथ लिइरहँदा उनले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए।
पाकिस्तानको ठूलो स्टिल कम्पनी ‘इत्तेफाक’ का मालिकसमेत रहेका सरिफमाथि पदीय दुरुपयोगगर्दै आफ्नो कम्पनीलाई फाइदा दिलाएको र सरकारी स्रोतमा अनियमितता गरेको आरोप थियो । पानामा पेपर्स नामक एक विश्वचर्चित भ्रष्टाचारको खोजीले उनलाई पनि दोषी देखाएको थियो । पछि अदालतले नै उनलाई दोषी ठहरायो र पदबाट राजिनामा दिनुपर्ने भयो । त्यस बारेमा अहिले पनि अदालतको सुनुवाई जारी छ । के कस्तो सजायँ हुने हो भन्ने बारेमा भने अहिले नै केही आएको छैन ।
अमानवीय व्यवहार भोग्दै रोहिङ्ग्या
उनीहरुमाथिको यो ज्यादतिपछि उनीहरु गत अगष्ट २५ देखि झण्डै छ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बङ्गलादेश पुगेका छन् । यती धेरै शरणार्थी भएको यो विश्वकै एक मात्र घटना भएको अन्तर्राष्ट्रिय निकायहरुले जनाएका छन् । यस्तो क्रुर अमानवीय व्यवहारको पक्षधरता लिएको भन्दै म्यानमारकी नेतृ आङसाङ सुकीलाई दिइएको नोवेल शान्ति पुरस्कार फिर्ता गराउनु पर्ने आवाज पनि विश्वभरीबाट उठेको छ । यो विवाद पनि सन् २०१७ को एक विश्वव्यापी घटनाका रुपमा रह्यो ।
स्पेन टुक्र्याउने प्रयास असफल
उनीहरुलाई देशद्रोह, विद्रोह र पृथकतावादी आन्दोलन चलाएको तथा राज्यकोषको चरम दुरुपयोग गरेको भन्दै सरकारले अदालतमा मुद्धा दायर गरेको थियो । स्पेनको संविधानको धारा १५५ अनुसार प्रधानमन्त्री मारिआनो राजोएले उनीहरूलाई निलम्बन गरी क्याटलोनीया प्रदेशलाई डिसेम्बरको २१ तारिखका दिन गराएको निर्वाचनमा पनि पृथकताबादीहरुको पार्टीले अत्याधिक बहुमत ल्याएको छ । तर उनीहरुलाई पृथक हुने अधिकार भने दिइएको छैन ।
पत्नीका कारण सत्ता गुम्यो
तिरानब्बे वर्षीय मुगावे सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्व गरिरहेका थिए। कमजोर स्वास्थ्य र बढ्दो उमेरसँगै सत्ताको उत्तराधिकारी चयन गर्ने विषयमा उनकी पत्नी ग्रेस मुगाबे र उपराष्ट्रपतिबीच विवाद देखिएपछि सेनाले हस्तक्षेप गरी उनलाई नजरबन्दमा राखेको थियो। उनले आफ्नै पत्नीलाई सत्ता सुम्पिने योजनासहित उपराष्ट्रपतिलाई पदबाट बर्खास्त पनि गरेका थिए। स्वतन्त्रता प्राप्तिका सेनानी मुगावेलाई सम्मानपूर्वक सत्ताबाट हटाउन सेनाले वार्ता गरी राजीनामा दिन आग्रह गरेपनि मुगावेले अस्वीकार गरेपछि सेनाले कु गरेको हो । सेनाको नजरबन्दबाटै मुगाबेले राजिनामा बुझाएपछि सेनाको समर्थन प्राप्त पूर्वउपराष्ट्रपति इमर्सन मनङ्वा नयाँ राष्ट्रपति भएका छन्।
चर्चामा चीन
गत अक्टोबरको दोस्रो हप्ता सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ काँग्रेसले पार्टीको विधानमा गरिएको अन्य संशोधनले राष्ट्रपति सिलाई थप शक्तिशाली बनाएको छ भने नयाँ उत्तराधिकारी चयन नगरेकाले उनको सत्ता आयु अझै लम्बिने देखिएको छ।
भारतीय काँग्रेस पार्टीमा नेतृत्व हस्तान्तरण
अहिले ४७ वर्ष पुगेका राहुलले अध्यक्ष भएपछि अब पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरेपनि कतिपयले भने संशय व्यक्त गरेका छन् । यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो । सोनीया अध्यक्ष भएकै बेला अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काँग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो ।
बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ ।
अमेरिका प्रवेशमा सात मुस्लिम राष्ट्रका नागरिकलाई निषेध
त्यसले गर्दा अदालतलको आँखा पर्यो र अदालतले सो निर्णयको विरुद्धमा फैसला गरिदियो । पुनः ट्रम्प प्रशासन माथिल्ले अदालत गयो, यसको विरुद्धमा । उनको त्यो निर्णयको पक्षमा दियो सर्वोच्च अदालतले फैसला । निकै विवाद नै भए पनि उनको यो एउटा निर्णयले मात्र अमेरिकी राष्ट्रपतिको कामलाई सदर गरिदियो । अन्यथा उनका हरेक कामलाई अदालतले प्रश्न गरेको छ।
जर्मन चान्सलरमा फेरि मर्केल
कतारसँग छिमेकीको सम्बन्ध विच्छेद
आइएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली संघलगायत पश्चिमी मुलुकहरुद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच आपसी मतभेदकारी नीति अवलम्बन गरेकोजस्ता आरोपमा गल्फका छ अरबी राष्ट्रहरु–इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, यमन तथा टाढाको दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससमेत सातवटा मुलुकले कतारसँग दौत्य सम्बन्ध बिच्छेद गरेका थिए।
ती मुलुकले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासबाट राजदूतलगायत सबै कर्मचारी फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवम् नागरिकलाई देश छोड्ने आदेश दिएका थिए।
त्यत्ति मात्र नभई ती राष्ट्रले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाइमार्गका नाका प्रयोग गर्नबाट कतारका पानी जहाज, गाडी तथा विमानलाई प्रतिबन्ध लगाउने तथा आफ्नो देशका सबै विमान सेवाले कतारका कुनै पनि गन्तव्यतर्फ उडान नगर्ने निर्णय लिएका थिए । अझ कतारसँग स्थल सीमा जोडिएको मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो सीमासमेत बन्द गरेको थियो।
अमेरिकाका कारण जेरुसेलम विवाद
इजरायलको राजधानी जेरुसेलमलाई अमेरिकाले मान्यतादिने निर्णय अकस्मात सार्वजनिक गर्यो । यसले विश्वका मुस्लिम देशहरुलाई आन्दोलित बनायो। यसैका कारण अमेरिका पनि विश्व समुदायबाट पहिलो पटक नराम्ररी एक्लिन पुग्यो। राष्टपति टम्पले यही डिसेम्बर ६ मा यो निर्णय सार्वजनिक गरेका थिए। तर त्यसलाई मुस्लिम राष्ट्रहरुले तत्कालै विरोध गरे र त्यसयता लगभग दिनहुँजसो विश्वका मुस्लिम देशहरुमा अमेरिकाको विरुद्धमा जुलुस निस्किन थाल्यो। पछि यस मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर २१ म मतदान नै भयो। अरब र मुस्लिम देशहरूको माग बमोजिम १ सय ९३ सदस्यीय महासभामा मतदान भयो । यसरी मतदान हुँदा अमेरिकी प्रस्तावको पक्षमा अर्थात जेरुसेलमलाई राजधानी मान्ने पक्षमा ९ मात्र र नमान्ने पक्षमा १२८ मुलुकहरूले मतदान गरेका थिए । मतदानको समयमा ३५ वटा मुलुक भने अनुपस्थित रहेका थिए।
जीवन भण्डारी / रासस
प्रकाशित: १६ पुस २०७४ १०:५७ आइतबार