अन्तर्राष्ट्रिय

पाकिस्तानलाई दिने सहयोग रोक्ने अमेरिकाको तयारी

वासिंटन – अमेरिकाले आतंकवाद नियन्त्रणका लागि पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्ने तयारी गरेको छ। आफ्नो भुमीमा रहेका आतंकवादीलाई नामेट पार्न पाकिस्तानले सक्रियता नदेखाएको भन्दै ट्रम्प प्रशासनले पाकिस्तानले पाउँदै आएको २५.५ करोड डलर  सहयोग रोक्नेबारे गम्भीर रुपमा सोचिरहेको अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले जनाएको छ।

अमेरिकाले आतंकवाद नियन्त्रणका लागि पाकिस्तानसँग संयुक्त कारवाहीको प्रस्ताव राखेको थियो । तर, पाकिस्तानले आतंकवादीविरुद्ध कारवाही गर्न आफू सक्षम रहेको र कारवाही जारी रहेको भन्दै अस्वीकार गर्यो। संयुक्त कारवाही गर्न नमानेपछि ट्रम्प प्रशासनले पाकिस्तान आतंकवादविरुद्ध सक्रिय नभएको निष्कर्ष निकाल्दै आर्थिक सहयोग रोक्ने तयारीमा पुगेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। 

साथै पाकिस्तानले यस वर्षको सुरुवातमा रिहा गरिएका क्यानडियन–अमेरिकन परिवारका अपहरणकारीमध्ये एक जनालाई अमेरिकालाई बुझाउन अस्वीकार गरेको थियो। यहीबाट दुई देशबीच सम्बन्ध चिसिएको थियो।

अफगानिस्तान भ्रमणमा आएका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि काबुलमा ट्रम्प प्रशासनले पाकिस्तानलाई नोटिश गरिरहेको बताएका थिए। पाकिस्तानलाई सहयोग रोक्नेबारे अर्कJ हप्ता निर्णय हुनसक्ने बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अराजकता, हिंसा र आतंकवादलाई संरक्षण दिइरहेको आरोप लगाएका थिए। अमेरिकालाई यो सैह्य नहुने चेतावनी दिएका थिए।

प्रकाशित: १५ पुस २०७४ १३:०० शनिबार

पाकिस्तानलाई दिने रोक्ने अमेरिकाको तयारी