अन्तर्राष्ट्रिय

भ्रष्टाचारप्रति साउदी सरकारको ध्यानाकर्षण १५९ समातिए

 रियाद– भ्रष्टाचार अभियानलाई पछिल्लो समय तीव्रता दिएको साउदी सरकारले भ्रष्टाचारको अभियोगमा २० राजकुमारहरू सहित विभिन्न क्षेत्रका १५९ व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

 भष्टाचारको अभियोग लागेका सरकारी अधिकारीहरू तथा व्यापारीहरू हुन्  ।

सरकारले २० जना राजकुमारहरूलाई भ्रष्टाचारको अभियोगमा पक्राउ गरे पश्चात्  भ्रष्टाचारको अभियानलाई तीव्रता दिइ अनुसन्धान सुरू गरेको हो ।

पछिल्लो समय साउदीमा मौलाउँदै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि उक्त अभियानलाई तीव्रता दिइएको महान्यायधिवक्ताको कार्यालय साउदी अरबलाई उद्धत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

 महान्यायधिवक्ता शेख सउद अल मोजेबका अनुसार लामो  समयको अनुसन्धान पछि उनीहरूलाई पक्राउ गरिएको  हो । उक्त १५९ जना मध्ये २० राजकुमार, व्यापारीहरु तथा सरकारी अधिकारीहरु  रहेको महान्यायधिवक्ता मोजेबले बताए ।

 अरेबियासाउदीका राजकुमार मोहम्मद बिन सलमानको अध्यक्षतामा गठित भ्रष्टाचार छानविन टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

प्रकाशित: ११ पुस २०७४ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App