अन्तर्राष्ट्रिय

सहअस्तित्वमा आउन स्पेनी राजाको अपिल

स्पेन– स्पेनका राजाले क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहबाट चलिरहेको मनमुटावका बीच नयाँ तवरबाट एकता कायम गर्न आह्वान गरेका छन् ।

क्रिस्मसको शुभकामनामा स्पेनका राजा फिलिप छैठौंले क्याटलोनियनलाई एक आपसको विरोधमा उत्रिनुभन्दा सह–अस्तित्वमा आउन आग्रह गरे । उनले क्याटलन नेताहरुलाई प्रत्यक्ष रुपमा नाम उल्लेख नगरी उक्त आग्रह गरेका हुन् । गत अक्टोबर देखि क्याटालोन क्षेत्रमा स्वाधिनता आन्दोलन जारी छ । जनमत संग्रहमा क्याटालोनिया छुट्टिने मत परिणाम आएपनि केन्द्रले हस्तक्षेप गरेपछि मनमुटाव बढेको छ ।

प्रकाशित: १० पुस २०७४ ११:५३ सोमबार

सहअस्तित्वमा आउन स्पेनी राजाको अपिल