अन्तर्राष्ट्रिय

जाम्बियामा हैजाबाट २० जनाको मृत्यु

लुसाका – जाम्बिायाको राजधानी लुसाकामा यस महिनाको सरुदेखि हैजाका कारण कैयौं नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

हैजाको सङ्क्रमण भएका थप सयौँ जना विरामी अस्पतालको सम्पर्कमा आउने क्रम रोकिएको छैन। स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरूको संख्या करिब एक हजार पुगेको जनाएको छ।  

फोहोर पानी, वातावरण र प्रदुषित खानाका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिले सम्म २९ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले सोमबार जनाएका छन्। 

यहाँ हैजाको प्रकोप फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका कार्यहरू गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। 

अहिले सैयौँ विरामीले अस्पतालमा उपचार गराइरहेका छन्। स्वास्थ्य मन्त्रालयका सञ्चार तथा बाह्य सम्वन्ध प्रमुख स्टान्सलौस एनगोसालेले जानकारी दिएअनुसार पछिल्लो सयमा उपचारका लागि अस्पताल आउने क्रम रोकिएको छैन। 

विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ। संगठनले वर्षा याममा यस्ता विरामी बढ्ने तर्फ ध्यानाकर्षण पनि गराएको छ। 

प्रकाशित: १० पुस २०७४ ०८:४५ सोमबार

जाम्बियामा हैजाबाट २० जनाको मृत्यु