अन्तर्राष्ट्रिय

भारतको राजस्थानमा बस दुर्घटना, ३२ को मृत्यु

नयाँदिल्ली – भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

 स्थानीय प्रहरी अधिकारीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदीमा खसेर सो बस दुर्घटना भएको हो।
 
बनास नदीमा खसेको उक्त बसमा ५० यात्रु सवार रहेकोजनाइएको छ। नदी माथी बनाइएको पुल तर्ने बेलामा बस नदीमा खसेको हो। 

तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीहरूले बताएका छन्। 

नदीबाट २० जनाको शव बाहिर निकालिएको र घाइते मध्ये सात व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या २७ पुगेको हो। 

घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ पुस २०७४ ०७:२६ शनिबार

भारतको राजस्थानमा बस दुर्घटना ३२ को मृत्यु