अन्तर्राष्ट्रिय

सोमालियामा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ। वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएको राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ।

सोमालिया विपद् व्यवस्थापन एजेन्सीले सोमालियाका अन्य भागहरूमा पहिरो र बाढीका कारण बालीनाली र पशुधन नष्ट भएको बताएको छ।

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार साँझ पत्रकारहरूलाई सोमालियाका आयुक्त मोहम्मद मोआलिमले भनेका छन्,'देशमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ र आधा लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्।'

विस्थापनका कारण बढ्दो मानवीय आवश्यकता र सम्पत्तिको थप विनाश हुन सक्ने संयुक्त राष्ट्रको चेतावनी पछि एजेन्सीले बाढी पीडितहरूलाई मद्दत गर्न दक्षिणी सोमालियाको बर्धेरे जिल्लामा राहत कार्गो विमान पठाएको छ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) ले भारी वर्षा र बाढीका कारण १२ लाख ४० हजार मानिस प्रभावित भइसकेको र अझै बढी हुने अनुमान गरेको छ।

संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूको अनुमान अनुसार चालू डेयर (अक्टोबर देखि डिसेम्बर) वर्षाको मौसममा बाढीबाट १६ लाख मानिस प्रभावित हुन सक्ने र  १५ लाख हेक्टर खेतीयोग्य जमिन नष्ट हुन सक्नेछ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनले व्यवस्थापन गरेको सोमालियाको जल तथा भूमि सूचना व्यवस्थापनले सोमबार जारी गरेको  जानकारी अनुसार बर्धेरे र डाउनस्ट्रीममा साकोव र बुवालेमा म्याग्निच्युड बढ्दै जाँदा जुबा नदीमा ठूलो बाढी आएको बताइएको छ। रासस

प्रकाशित: १ मंसिर २०८० १५:२० शुक्रबार

सोमालिया भारी वर्षा बाढीमा परी ५० जनाको मृत्यु