अन्तर्राष्ट्रिय

यौन शोषणको आरोपश्चात मन्त्रीद्वारा राजीनामा

लण्डन - महिला सहकर्मीमाथि यौन शोषण गरेको आरोप लागेका बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले पदबाट राजिनामा दिएको घोषणा गरेका छन्।

उनलाई अदालतले छानबिन पश्चात दोषी प्रमाणित गरेको थियो । उनीमाथि सन् २००८ देखि नै महिला सहकर्मीलाई यौन शोषण गरेको आरोप लागेको थियो । बिहीबार बेलायती प्रधानमन्त्री टेरिजा मेले उनको राजीनामा स्वीकृत गरेकी छिन्।

छानबिनका क्रममा ग्रिनले महिला सहकर्मीलाई अश्लील भिडियो पठाएकाे पाइएकाे थियो । उनले सन् २००८ देखि २०१५ सम्म  उनकी महिला सहकर्मीमाथि यौन शोषण गरेको खुलासा समेत भएको छ।

अमेरिकाको द न्युयोर्क टाइम्सले हलिउड फिल्म निर्माता हार्वी वाइन्टिनले थुप्रै नायिका एवं महिलाहरूमाथि यौन दुर्व्यवहार गरेको समाचार प्रकाशित गरेपछि पछिल्लो समयमा यौन दुर्व्यवहार गरेको आरोप खेप्ने सार्वजनिक व्यक्तित्वहरूको संख्या बढ्दै गएको छ।

 

 

 

प्रकाशित: ६ पुस २०७४ १०:३३ बिहीबार

यौन शोषणको आरोपश्चात मन्त्रीद्वारा राजीनामा