अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडनले भनेः चीनियाँ राष्ट्रपति तानाशाह हुन्

अमेरिकी राष्ट्रपति जो बाइडनले चीनका राष्ट्रपति शी चिनफिङलाई लिएर फेरि एकपटक विवादित बयान दिएका छन्। बीबीसीका अनुसार एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिन पुगेका अमेरिकी राष्ट्रपति बाइडनले चीनियाँ राष्ट्रपति शीलाई तानाशाहको संज्ञा दिएका हुन्।  

क्यालिफोर्नियामा आयोजित पत्रकार सम्मेलनको क्रममा बाइडनले चीनियाँ राष्ट्रपति शी तानाशाह भएको प्रतिक्रिया दिए।  

बाइडनले यसअघि यसै वर्षको जुन महिनामा शीलाई तानाशाह भएको बयान दिएका थिए। उनको बयान पछि चीनले टिप्पणी गर्दै गैर जिम्मेवार बताएको छ।

गत फेब्रुअरीमा चीनको शङ्कास्पद बैलुनलाई अमेरिकाले नष्ट गरेपछि दुई मुलुकबीच विवाद उत्कर्षमा पुगेको थियो।

प्रकाशित: ३० कार्तिक २०८० ०७:१९ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडन शी चिनफिङ विवादित बयान