अन्तर्राष्ट्रिय

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ। अल निनो वर्षाका कारण कम्तिमा हजारौं नागरिक विस्थापित भएका छन्।आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए।

सबैभन्दा बढी पभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई  पश्चिमी केन्याको होमा खाडी  किसुमु रहेका छन्। केन्या सरकाले गारिसा, कितुई  ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ।  

ताना र आठ नदी विकास पाधिकण (टार्डा)ले लगातारको अविरल वर्षाका काण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनैपनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ। केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८० ०४:०० बिहीबार

केन्या बाढी ४६ जनाको मृत्यु