अन्तर्राष्ट्रिय

अफगानी हवाई कारबाहीमा कमाण्डरसहित सात आइएस मारिए

गजनी – अफगानिस्तानको गजनी प्रान्तमा अफगानिस्ताको हवाई सेनाले बुधबार गरेको हवाई कारबाहीमा परी स्थानीय आइएस समूहका एकजना कमाण्डरसहित सात जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

उक्त क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन्। 

आइएसको आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबले बुधबार दिउँसो कारबाही गरेको थियो। यस कारबाहीमा परी आइएसका एकजना कमाण्डर नै मारिएका छन्। 

हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरुपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ। सो क्षेत्रमा आइएसका क्रियाकलापहरु बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको सेनाले जनाएको छ। 

प्रकाशित: ५ पुस २०७४ ११:५९ बुधबार

अफगानी हवाई कारबाहीमा कमाण्डरसहित आइएस मारिए