अन्तर्राष्ट्रिय

साउदीका महिलाले अबदेखि ट्रक र मोटरसाइकल चलाउन पाउने

रियाद–साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ। 

देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ। 

साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए। 

यसअगाड िसाउदीमा महिलाहरूलाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको थियो। 

मुस्लीम देश साउदीमा महिलाहरूले कालो बुर्का लगाउने र अनुहार तथा शरिर छोप्नु पर्ने सांस्कृतिक प्रचलनका कारण सवारी साधन चालक बन्न पनि नदिने गरिएको हो। 

महिलाहरूले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीहरूले लामो समयदेखि दवाव दिदै आएका थिए। 

प्रकाशित: १ पुस २०७४ १०:५८ शनिबार

साउदीका महिलाले अबदेखि ट्रक मोटरसाइकल चलाउन पाउने