अन्तर्राष्ट्रिय

लेबनानी प्रधामन्त्री हरिरिद्वारा राजीनामा फिर्ता

बेरूत–  साउदी अरेबियाको भ्रमणको क्रममा राजीनामाको घोषणा गरेका  लेबनानी प्रधानमन्त्री साउद हरिरिले राजीनामा फिर्ता गरेका छन्। 

करिब तीन  साताको साउदी भ्रमणमा रहेका समयमा उनले प्रधानमन्त्री परित्याग गर्ने घोषणा गरे पश्चात् लेबनानमा राजनीतिक संकट देखा परेको थियो। 

प्रधानमन्त्री हरिरिले आफूलाई मार्नका लागि षड्यन्त्र भएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए। लेबनानका राष्ट्रपति मिशेल अनले हरिरिको उपस्थिति बिना उनको राजीनामा स्वीकृत गराएका थिएनन्  

लेबनानमा  केही साता अगाडि मनाइएको स्वतन्त्रता दिवसमा सहभागी हुनका लागि हरिरि स्वदेश फिर्ता भएका थिए। 
साउदी अरबबाट नै  उनी पेरिसको भ्रमणमा गएका थिए  । यसअघि सन् २००९ देखि २०११ सम्म पदीय दायित्व ग्रहण गरेका उनी गत नोभेम्बरमा प्रधानमन्त्री भएका थिए। 

उनका पिताको सन् २००५ मा अप्रत्याशित रूपमा हत्या गरिएको थियो । उनको समेत हत्याको योजना बनाइएको भन्दै उनी साउदी बाट लेबनान नगइ पेरिस गएका थिए। 

फ्रान्सले लेबनानको राजनीतिक संकट समाधानका लागि मध्यस्थकर्ता भूमिका निर्वाह गर्दै आएका छन् । फ्रान्सका राष्ट्रपति एम्मानुएल मार्काेले राजनीतिक संकटबारे वार्ताका लागि उनलाई फ्रान्स बोलाएका थिए। 

प्रकाशित: २० मंसिर २०७४ ०७:१३ बुधबार

लेबनानी प्रधामन्त्री हरिरिद्वारा राजीनामा