अन्तर्राष्ट्रिय

दीपिकाको हत्या प्रयास भएको खबर तथ्यहीन

नयाँ दिल्ली – सञ्जय लिला भन्सालीले निर्माण गरेको चलचित्र पद्मावती विषयलाई लिएर बलिउड अभिनेत्री दीपिका पादुकोणको हत्या प्रयास गरिएको तथ्य झुटो भएको केही बलिउड कलाकारहरुले बताएका छन् । 

बलिउड कलाकारहरु ऋतिक रोशन, बरुण धवन तथा सोनाक्षी सिन्हाले चलचित्र पद्य्मावतीको विषयलाई लिएर अभिनेत्री दीपिकाको हत्या गर्न खोजिएको भनी सञ्चार माध्यममा आएका समाचारहरू झुटो तथा तथ्यहीन भएको बताएका हुन् । 

हत्या प्रयास गरिएको भन्ने समाचारहरु सञ्चार माध्यममा आएको भएतापनि त्यसबारे  प्रमाण नभएको बलिउड अभिनेता ऋतिक रोशनले बताए । 

सञ्जय लिला भन्सालीद्वारा निर्माण गरिएको चलचित्र पद्मावतीमा राजपूत समुदायको इतिहासमाथि घोचपेच गरेको आरोप लागेको थियो । उक्त चलचित्रमा रानी पद्मावतीकाे भूमिकामा दीपिकाले अभिनय गरेकी छिन् । 

गत डिसेम्बर १ मा प्रसारण हुने मिति तय गरिएको उक्त चलचित्रले राजपूत समुदायको इतिहासलाई बंग्याउन खोजेको भन्दै भारतीय सेन्सर बोर्डले चलचित्र प्रसारणमा बन्देज लगाएको थियो । 

भारत एक प्रजातान्त्रिक मुलक भएकोले  विरोध गर्ने अधिकार सम्पूर्णका निहीत रहेको र विरोध शान्तिपूर्ण हुनुपर्ने अभिनेता बरुण धवनको दाबी छ। 

प्रकाशित: १८ मंसिर २०७४ ०८:५५ सोमबार

दीपिकाको हत्या प्रयास भएको खबर तथ्यहीन