अन्तर्राष्ट्रिय

ट्रम्पले गरे एफबिआइको आलोचना

वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेडेरल ब्युरो अफ इन्भेष्टिगेसनको’ कडा आलोचना गरेका छन्। 

आफ्नै मातहतमा रहेको उक्त निकायको प्रतिष्ठा गौण हुन गएको भन्दै उनले कडा निन्दा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको निर्वाचनको समयमा भएको रुसी हस्तक्षेपबारेको अनुसन्धानलाई रोक्नका लागि आदेश नदिएको प्रष्टाएका छन्। 

चुनाव जित्नका लागि रुससँगको साठगाँठ बढाएको आरोप उनीमाथि लागेकोमा उनले यसलाई अस्वीकार गरेका छन् ।  पूर्व एफबिआइको नेतृत्वमा भएको अनुसन्धानमा उक्त निकायका एक कर्मचारीले ट्रम्प विरोधी पत्र पठाएको भन्दै पूर्व एफबिआइ प्रमुखले उनलाई बर्खास्त गरेका थिए। 

एफबिआइको आलोचनाका क्रममा राष्ट्रपति ट्रम्पले हिलारी क्लिन्टनको समेत कडा शब्दमा आलोचना गरेका थिए। 

 

प्रकाशित: १८ मंसिर २०७४ ०५:५३ सोमबार

ट्रम्पले गरे एफबिआइको आलोचना