अन्तर्राष्ट्रिय

जापानको इतिहासमा पहिलो पटक सम्राटले गद्दी त्याग्दै

टोकियो (रासस/एएफपी)-  जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने गर्ने बताएका छन्।

सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार सार्वजनिक गरे। उनले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गरेको जानकारी शुक्रबार दिएका थिए।

जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो पटक यहाँका सम्राटले राजगद्दी त्यागको घोषणा गरेका हुन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको राजपरिषदको विशेष बैठकमा हालै सो निर्णय गरेको जानकारी दिए।  सम्राट अकिहितोले यो निर्णय गरिसक्नुभएको जानकारी उनले दिए। उनले अरु कुनै कारणले नभई आफ्नो स्वास्थ्य र उमेरका कारणले यो निर्णय गरेको पनि प्रधानमन्त्री आबेले जानकारी दिए।

जापानी सम्राट अकिहितो हाल ८३ वर्षको छज्। उनले राजगद्दी त्याग गरेपछि उनका छोरा ५७ वर्षका युवराजाधिराज नारुहितो राजगद्दीमा बस्नेछन्।

प्रधानमन्त्री आबेले हालका राजाले गद्दी त्यागगर्ने र युवराजाधिराजले गद्दी आरोहण गर्ने कार्यक्रमलाई जापानमा विशेष समारोहका रुपमा मनाइने पनि बताए।

 

प्रकाशित: १५ मंसिर २०७४ ०९:४८ शुक्रबार

जापानको इतिहासमा पहिलो पटक सम्राटले गद्दी त्याग्दै