अन्तर्राष्ट्रिय

वेलायती प्रधानमन्त्रीविरुद्ध खनिए ट्रम्प

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेको प्रतिक्रिया प्रति आक्रोश व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत् आक्रोशित हुँदै भने, ‘म कर्तव्यनिष्ठ भएर आफ्नो काम गरिरहेको छु। त्यसैले अमेरिका र म  प्रति ध्यान नदिई बेलायतमा मौलाउँदै गएको इस्लामिक आतंकबादप्रति आफ्नो ध्यान केन्द्रित गराउनका लागि आग्रह गर्छु।’ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम विरोधी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपश्चात् बेलायती प्रधानमन्त्री मेले ट्रम्पको भनाइप्रति आपति जनाएकी थिइन्।

बेलायतको एक मुस्लिम विरोधी संगठनले पोस्ट गरेको उक्त भिडियो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेयर गरेका थिए। 
ट्रम्पले उक्त भिडियो सेयर गरे पश्चात् प्रधानमन्त्री मेले ट्रम्पको उक्त कार्य गलत भएको प्रतिक्रिया दिएकी थिइन्। 

 

प्रकाशित: १४ मंसिर २०७४ ११:१९ बिहीबार

वेलायती प्रधानमन्त्रीविरुद्ध खनिए ट्रम्प