अन्तर्राष्ट्रिय

इजराइल–गाजा सङ्घर्षमाथि टिप्पणी गरेपछि बेलायतका एकजना सांसद निलम्बित

इजराइल–गाजा सङ्घर्षमाथि टिप्पणी गरेपछि बेलायतका सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ।

बीबीसीका अनुसार बेलायतको एकजना सरकारी कर्मचारीलाई पदबाट बर्खास्त गरिएको छ भने लेबर पार्टीका एकजना सांसदलाई निलम्बन गरिएको छ।

मन्त्री स्तरीय सहयोगीको रुपमा कार्यरत पल ब्रिस्टोले गत हप्ता प्रधानमन्त्री ऋषि सुनकलाई पत्र लेख्दै स्थायी सङ्घर्ष विरामले नागरिकको ज्यान जोगाउन सकिने र अप्ठ्यारोमा परेकालाई मद्दत पुर्याउन सकिने बताएका थिए।

प्रधानमन्त्री कार्यालयले ब्रिस्टोको बयान सामूहिक जिम्मेवारीको सिद्धान्तसँग नमिल्ने भएकाले उनलाई बर्खास्त गरिएको बताएको छ।

लेबर पार्टीका सांसद एन्डी म्याकडनल्डले प्यालेस्टाइनलाई समर्थन हुनेगरी भएको  र्यालीमा भाषण दिँदा प्रयोग गरेका शब्दको आधारमा निलम्बन गरिएको हो। तर, एन्डीले आफ्नो भाषणले हत्या रोक्ने प्रयासको माग गरेको बताए।

प्रकाशित: १४ कार्तिक २०८० ०८:१९ मंगलबार

इजराइल गाजा इजराइल–गाजा सङ्घर्ष