अन्तर्राष्ट्रिय

सुडानमा झडप हुदा ४० को मृत्यु

सुडान – दक्षिणी सुडानमा भएको  सशस्त्र झडपमा परी ४० जनाको मृत्यु भएको छ।  दक्षिण सुडानको पूर्वी राज्यमा पर्ने जोङलाईमा भएको भिडन्तमा २४ घण्टा भित्र ४० जनाको मृत्यु भएको हो। छिमेकी बोमा राज्यबाट समूहमा आएका बन्दुकधारीहरुले जोङलाई राज्यका ४० जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। 

बन्दुकधारीहरुको समूहले उक्त राज्यका दर्जनौ बालबालिका तथा महिलाहरुलाई अपहरण गरेका छन् । विगत केही वर्ष अगाडी देखि सुडानमा जातीय विषय एक प्रमुख मुद्दा बनेको छ।

जातीय द्वन्द्वकै कारण सुडानमा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन्। सुडान विश्वको द्वन्द्वग्रस्त देश मध्येको एकमा पर्छ।

प्रकाशित: १३ मंसिर २०७४ ११:३२ बुधबार

सुडानमा झडप हुदा ४० को मृत्यु