अन्तर्राष्ट्रिय

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनाः १३ को मृत्यु, ५० घाइते

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्।  

आन्ध्र प्रदेशको विजयनगरममा गयराति रेल दुघर्टना भएको हो। विशाखापट्टनम–पालासा यात्रुबाहक रेल र विशाखापट्टनम रायगढा यात्रुबाहक रेल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो।  

दुर्घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको रेलवेका मुख्य जनसम्पर्क अधिकारी बिश्वजीत साहूले बताएका बीबीसीले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८० ०३:५८ सोमबार

भारत आन्ध्र प्रदेश रेल दुर्घटना १३ जनाको मृत्यु