अन्तर्राष्ट्रिय

नेतृ सुकीलाई दिएको सम्मान फिर्ता

लन्डन– सन् १९६०  मा विश्व विद्यालयले म्यानमार नेतृ आङ साङ सुकीलाई दिएको सम्मान फिर्ता गर्ने निर्णय विश्व विद्यालयले गरेको छ ।
उनलाई फ्रिडम अफ दी इंग्लिस सिटी अफ अक्सफोर्ड अवार्ड सन् १९६० मा विश्व विद्यालयले दिएको थियो । म्यानमारको रखाइन क्षेत्रमा रहेका अल्पसंख्यक रोहिन्जा मुसलमान समुदायको हक हितमा काम गर्न नसकेको भन्दै सुकीलाई दिएको उक्त सम्मान फिर्ता गर्ने निर्णय विश्व विद्यालयले गरेको हो ।
अक्सफोर्ड विश्व विद्यालयले सम्मानस्वरुप राखेको सुकीको तस्बिर हटाइसकेको छ । म्यानमार सेनाले रोहिन्जा समुदायमाथि गरेको अन्याय विश्व इतिहासमै अध्ययन गर्ने विषय बनेको संयुक्त राष्ट्रसंघले बताउँदै आएको छ । यद्यपि सुकीले भने उक्त तथ्यलाई अस्वीकार गर्दै आएकी छन् ।
उनलाई दिएको नोबल शान्ति पुरस्कारसमेत फिर्ता लिनुपर्ने भन्दै विश्व स्तरबाट उनको व्यापक आलोचना हुने गरेको छ । म्यानमार सेनाको ज्यादती सहन नसकेर म्यानमारका रखाइन प्रान्तका करिब ६ लाख रोहिन्जा मुसलमानहरु म्यानमार छोड्न बाध्य भएका छन् ।
म्यानमारका सेनाले रोहिन्जा समुदायको घरमा आगो लगाइ दिएपछि उनीहरु बंगलादेश जान बाध्य भएका हुन् । नेतृ सुकीले भने यस विषयमा कुनै ठोस कदम नचालेको आलोचना विश्व स्तरबाट भएको छ ।

प्रकाशित: १२ मंसिर २०७४ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App