अन्तर्राष्ट्रिय

अभियन्ता हकको निधन

विश्वव्यापी जलवायु न्यायका अभियान्ता तथा बंगालादेशी वैज्ञानिक डा. सलिमुल हकको शनिबार राति निधन भएको छ।

बंगालादेशको इन्टरनेसनल सेन्टर फर क्लाइमेट चेन्ज एण्ड डेभलपमेन्टका निर्देशकसमेत रहेको ७१ वर्षीय हक जलवायुजन्य जोखिममा रहेका राष्ट्रहरूको हकहित र अनुकूलनका क्षेत्रमा काम गर्दै आएका थिए।

जलवायु परिवर्तनका लािग संयुक्त राष्ट्र संघीय अन्तरसरकारी निकाय(आइपिसिसी)को तेस्रो, चौथो र पाचौं प्रतिवेदन तयारीमा उनको प्रमुख भूमिका रहेको थियो। उनले आइपिसिसीअन्तर्गतको अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)लाई पनि सल्लाह तथा सुझाव दिँदै आएका थिए।

जलवायु परिवर्तनका विषयमा विश्वव्यापी प्रभाव पार्ने २० प्रमुख व्यक्तित्वमा पर्ने हकले जलवायु परिवर्तनसम्बन्धी कैयन वैज्ञानिक लेखहरू लेखेका छन्।  

प्रकाशित: १३ कार्तिक २०८० ०१:१५ सोमबार

अभियन्ता हकको निधन विश्वव्यापी जलवायु न्यायका अभियान्ता तथा बंगालादेशी वैज्ञानिक डा. सलिमुल हक