अन्तर्राष्ट्रिय

ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ। सयौँ जना बेपत्ता भएका छन्।

ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ। हजारौँ सांस्कृतिक संरचनाहरु ध्वस्त बनाएको बताइएको छ। घरका छाना र झ्यालहरु उडाएको र सडकमा बाढी आएको बताइएको छ।  

मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम रुखहरु र बिजुलीका खम्बाहरु ढालेको छ।

प्रकाशित: १२ कार्तिक २०८० ०६:५७ आइतबार

मेक्सिको ओटिस २७ जनाको मृत्यु