अन्तर्राष्ट्रिय

इजिप्टमा राष्ट्रिय शोकको घोषणा

इजिप्ट – उत्तरी इजिप्टमा रहेको एक मस्जिद आक्रमणमा परी २३५को मृत्यु भएपश्चात् इजिप्टमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। 

इजिप्टको उत्तरी क्षेत्रमा पर्ने सुफी मस्जिदमा आतंककारी समूहले आक्रमण गरेकोे थियो। इजिष्टको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा घाइते हुनेहरूको संख्या १०९ थियो। 

४ वटा गाडीमा आएका आतंककारीहरूको समूहले उक्त आक्रमण गराएका थिए। नमाज पढिरहेका समयमा उक्त आक्रमण गरिएको इजिप्टका सञ्चार माध्यमहरूले बताएका छन्। 

इजिष्टका राष्ट्रपति अब्दुल फत्तह अल सीसीले उक्त घटनापश्चात् सुरक्षा प्रमुखहरूसँगको आपतकालिन बैठक बसे पश्चात् राष्ट्रिय शोक दिवसको घोषणा गरेका हुन्। 

मस्जिदमा नमाज पढिरहेका समयमा दुई शक्तिशाली बम विष्फोटन पश्चात् हतियार सहितको आक्रमण गरिएको थियो। 

प्रकाशित: ९ मंसिर २०७४ ०५:०२ शनिबार

इजिप्टमा राष्ट्रिय शोकको घोषणा