अन्तर्राष्ट्रिय

कुपोषणको शिकारमा उत्तर कोरियाली सैनिक

सिओल–  आणविक हतियार परीक्षणको क्षेत्रमा ठूलो लगानी गरेको मुलुक उत्तर कोरियाका अधिंकाश सैनिक कुपोषणको शिकार भएको दक्षिण कोरियाली चिकित्सकको एक टोलीले बताएको छ। 

दक्षिण कोरियाली चिकित्सकको एक टोलीले उत्तर कोरियाको सैनिक क्षेत्रमा कार्यरत्त व्यक्तिको आन्द्राबाट विभिन्न प्रकारका परजीविहरू निकालेका छन् । आन्द्रामा किरा हुनु कुपोषणको लक्षण भएको उक्त  चिकित्सक टोलीले दाबी गरेको छ। 
उत्तर कोरियाली सैनिकहरूलाई पोषणयुक्त खानेकुराको अभाव भएको दक्षिण कोरियाली चिकित्सकहरूको दाबी छ। 
उत्तर कोरियाबाट दक्षिण कोरिया आउने क्रममा युद्धमा परी घाइते भएका सैनिकहरूको उपचारका लागि खटिएका दक्षिण कोरियाली चिकित्सकहरूको टोलीले उक्त तथ्य सार्वजनिक गरेको हो। 

उनीहरूको स्वास्थ्य स्थितिबारे  अहिले नै आकंलन गर्न सक्ने स्थिति नभएको उक्त चिकित्सकको टोलीले बताएको छ । दक्षिण कोरियाली चिकित्सकको उक्त टोलीका प्रमुख चिकित्सक कूकु जोङ भन्छन् विगत २५ वर्ष देखिको चिकित्सक पेशाको कार्य अनुभवमा मैले दक्षिण कोरियाली सैनिकको पेट भित्र त्यस्ता परजीवि भेटेको थिइन। 

यो एक गम्भीर अवस्था भएको समेत उक्त चिकित्सकको टोलीले पहिचान गरेको छ।

प्रकाशित: ४ मंसिर २०७४ ०६:४२ सोमबार

कुपोषणको शिकारमा उत्तर कोरियाली सैनिक