अन्तर्राष्ट्रिय

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका ७ मुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ। नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्स लगायतका ७ मुलुकमा १० लाख टनभन्दा बढी गैर बासमती चामल निर्यात गर्न भारत सरकारले अनुमति दिएको हो।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको बताएको छ।  

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, सेलेसलाई ८ सय टन पठाइएको छ।  

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैरबासमती सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाएको थियो। तर, खाद्य सुरक्षा आवश्यकता पूरा गर्न सरकारले केही देशहरूलाई दिएको अनुमतिका आधारमा निर्यात गर्न दिइने बताएको छ।

प्रकाशित: ५ कार्तिक २०८० ०८:५० आइतबार

भारत भारत सरकार नेपाल चामल चामल निर्यात