अन्तर्राष्ट्रिय

सत्तारूढ दलद्वारा मुगाबेलाई सरकार छोड्न आग्रह

जिम्माबे – सैनिक कारवाहीका क्रममा घर भित्रै नजरबन्द गरिएका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्रपति पद त्याग गर्नका लागि आग्रह गरेका छन्। 

जिम्बाबेका सैनिक अधिकारीहरूले शनिबार राष्ट्रपति मुगाबे विरुद्ध प्रदर्शन गर्नका लागि नागरिकहरूलाई आग्रह गरेको छ । जिम्बाबेको सत्तारुढ दलले शनिबार र्‍याली राजधानी हरारे नजिकै राष्ट्रपति विरुद्ध प्रदर्शन गर्दै जिम्बाबे सेनाले गरेको निर्णयलाई स्वागत गरेको छ । 

विपक्षी दलले सैनिक कदमको स्वागत गर्दै राष्ट्रपतिको राजीनामाको माग गरेको थियो । विपक्षीको मागलाई कदर गर्दै सत्तारूढ दलले पनि मुगाबेको राजीनाको माग गरेको हो। 

राष्ट्रपति मुगाबेले भने आफू संवैधानिक रूपमा नै राष्ट्रपति भएको भन्दै राजीनामा अस्वीकार गरेका छन् । उनलाइ गत बुधबार देखि सेनाले आफ्नै घरमा नजरबन्द गराएका थिए। 

सेनाले सरकारी सञ्चार माध्यमहरूलाई पनि नियन्त्रणमा लिएका थिए । राष्ट्रपति मुगाबेले ३७ वर्षदेखि एकलौटी रुपमा शासन गरिरहेका छन्। 

सेनाले उनलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्नका लागि आग्रह गरेको छ । मुगाबेले सेनाको उक्त आग्रहलाई अस्वीकार गरेपछि जिम्बाबेमा पछिल्लो समय राजनीतिक संकट बढेको छ । 

प्रकाशित: २ मंसिर २०७४ ०७:४६ शनिबार

सत्तारूढ दलद्वारा मुगाबेलाई सरकार छोड्न आग्रह