अन्तर्राष्ट्रिय

मिस्रले गाजामा मानवीय सहयोग पुर्याउनका लागि रफाह क्रसिङ्ग खोल्न दिने

मिस्रले गाजामा मानवीय सहयोग पुर्याउनका लागि रफाह क्रसिङ्ग खोल्ने विषयमा सहमति जनाएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग अमेरिकी राष्ट्रपति जो बाइडनको आग्रह पछि मिस्रले नाका खुलाउने विषयमा सहमति जनाएको हो। 

बीबीसीका अनुसार मिस्रका राष्ट्रपति कार्यालयका प्रवक्ता अहमद फहमीले, मिस्रका राष्ट्रपति अब्दुल फतेह अल–सीसी र अमेरिकी राष्ट्रपति जो बाइडन रफाह टर्मिनलको माध्यमबाट गाजामा मानवीय सहयोग पुर्याउने विषयमा सहमत भएको बताए।

गाजा पट्टीमा मानवीय सहयोग पुर्याउनका लागि अन्तर्राष्ट्रिय सङ्गठनहरूले पनि आग्रह गर्दै आएका छन्।  

रफाह क्रसिङग गाजा पट्टीको दक्षिणमा स्थित एक बोर्डर क्रसिङ्ग हो। जसले गाजा पट्टीलाई मिस्रको सिनाई मरुभूमीसँग जोड्छ।

प्रकाशित: २ कार्तिक २०८० ०३:१३ बिहीबार

मिस्र गाजा मानवीय सहयोग रफाह क्रसिङ्ग