अन्तर्राष्ट्रिय

आश्रय खोज्दै इरानका भूकम्प पीडित

 तेहरान– ७.३ रेक्टर स्केलको भूकम्प गएलगत्तै इरानका भूकम्प पीडितहरू आश्रयको खोजीमा हिँडेको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् । गत आइतबार गएको भूकम्पमा परी मृत्यु हुनेहरूको ४ सय नाघिसकेको छ भने ७ हजारभन्दा बढी घाइते भएका छन् ।

भूकम्पबाट मुलुकमा भएको भौतिक तथा मानवीय क्षतिको मूल्यांकन गर्दै इरान सरकारले मंगलबार राष्ट्रिय भूकम्प शोक दिवस मनाएको छ । राष्ट्रपति हशान रौहानीले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । इरानका सञ्चार माध्यमहरूका अनुसार भूकम्पबाट मृत्यु हुनेहरूको संख्या ४ सय २५ पुगिसकेको छ ।
भूकम्पका कारण दुई गाँउ पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने करिब ३० हजार भन्दा बढी घरहरूमा क्षति भएको छ ।
भूकम्प प्रभावित  क्षेत्रका इरानी जनताहरूले सहयोगका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार करिब ७० हजार जनताहरू आश्रय तथा खानेकुरा अत्यावश्यक रहेको छ ।
भूकम्पका कारण खानेपानी तथा बिघुत् सेवा समेत अवरुद्ध भएको छ । जसले उद्धार कार्य अझै जटिल भएको इरान सरकारको दाबी छ । भूकम्पको धक्का टर्की,कुबेत तथा इरानमा समेत महसुस भएको थियो । इरानको राजधानीको प्रमुख अस्पतालको भवन भूकम्पले क्षत विक्षत बनाएको छ ।

प्रकाशित: २८ कार्तिक २०७४ १०:२७ मंगलबार

आश्रय खोज्दै इरानका भूकम्प पीडित